सोमबार थपिए ३४१ संक्रमित, ३ जनाको मृत्यु
फाइल तस्बिर
काठमाडौँ - पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार २ सय ३६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३ सय १३ र एन्टीजेन्ट विधिबाट २८ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी ३ सय ७६ संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ७ हजार १ सय ५४ जना संक्रमणमुक्त भइसकेका छन् । ३ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५ हजार ८ सय २४ जना छन् । त्यसैगरी १ लाख ८७ हजार ६ सय ६४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय २६ र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार ५ सय ८ , संस्थागत आईसोलेशनमा ३ सय १६ र क्वारेन्टाइनमा ९७ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया