दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण
दक्षिण अफ्रिका- दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उहाँले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहनुभएको आइतबार राति सो कार्यालयले जनाएको छ ।
उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उनी रहेको बताइएको छ । हालै मात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ ।
तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया