अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्यु दर ३४ प्रतिशतले वृद्धि
न्यूयोर्क, संयुक्त राज्य अमेरिका- अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहिबार सार्बजनिक तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म कूल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।
बुधबारसम्म कूल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड सङ्क्रमित भइसकेका छन् । कूल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ ।
यसैगरी सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१.१ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ७२.३ प्रतिशत पुगेको छ ।
अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८४. ६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२.२ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७०.५ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६५ प्रतिशत पूर्ण खोप लगाई सकेका छन ।
त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५ प्रतिशत र पूर्ण खोप ८७.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म २० करोड २८ लाख ४५ हजारलाई पूर्ण खोप दिइसकिएको छ । हाल सम्म तेश्रो खोप लिनेको संख्या ५ करोड ६० लाख नाघेको छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया