प्रदेश २: कोरोना संक्रमित बढदै, सतर्कता अपनाउन आग्रह
जनकपुरधाम- प्रदेश २ मा पुनः क्रमिक रुपमा कोभिड-१९ संक्रतिमको संख्या बढदै गएको छ ।
पछिल्लो १५ दिनमा प्रदेशमा झण्डै दोब्बरले कोरोना संक्रमितको संख्या बढेको हाे । बढदै गएका संक्रमितहरुमध्ये अधिकांश धनुषाकै रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ ले दैनिक रुपमा सार्वजनिक गर्दै आएको तथ्यांक अनुसार मंसिर १८ गते ३४ जना संक्रमित फेला परेका थिए । दैनिक क्रमिक रुपमा बढदै १५ दिनपछि सो संख्या बढेर ६५ पुगेको हो ।
सो तथ्यांक अनुसार मंसिर १८ गते ३४ जना संक्रमित मध्ये ३३ जना होम आइसोलेशनमा एक जना चिकित्सकको निगरानीमा उपचारत थिए । पुस ३ गतेमा भने प्रदेशमा ६५ जना कोरोनाको सक्रिय संक्रमित देखिएका छन । ती मध्ये ६२ जना होम आइसोलेशनमा रहेका छन् भने ३ जना चिकित्सकको निगरानीमा छन ।
स्वास्थ्य निर्देशनालयका अनुसार पुस ३ फेला परेका संक्रमित मध्ये धनुषाका मात्रै ३५ जना, महोत्तरीका १६, सिरहाका ५, सर्लाहीका ३, पर्साका ४, सप्तरी र बाराका १/१ जना रहेका छन् ।
स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले कोरोना संक्रमितहरुको संख्या क्रमिक रुपमा बढदै गएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । ईकागजसँग कुरा गर्दै उनले भने केही महिना अघिसम्म एकदम न्यून संख्यामा संक्रमण हुने गरेको थियो । तर गत १५ दिन यता संक्रमितको संख्या क्रमिक रुपमा बढदै गएको छ ।
संक्रमितको संख्यामा कमी हुँदै गर्दा आम मानिसले सतर्कता अपनाउन छाडेको थियो । सभा सम्मेलन, हाट बजार लगायतका ठाउँमा हुँदै आएको कारणले पनि संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । अब ओमिक्रोन नामक नयाँ भेरियन्ट पनि आइसकेकोले समयमै मानिसले आफ्नो बानी व्यवहारमा सतर्कता नअपनाए यो संख्या अझै बढने सक्नेछ ।
प्रदेशमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलन नदिनका लागि निर्देशनालय पूर्व तयारी अवस्थामा रहेपनि सतर्क र सावधानी अपनाइएन भने भयावह अवस्था हुन सक्छ । उनले प्रदेशमा १ सय ३० भेन्टिलेटर, २ सय २४ आइसीयु बेड, ५ सय ८९ एचडियु बेड र १ हजार ३ सय २४ सामान्य बेडलाई तयारी अवस्थामा राखिएको जानकारी समेत दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया