सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप
फाइल तस्बिर
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबारबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो ।
सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा पढ्ने २८ हजार ८ सय २५ बालबालिकालाई शुक्रबार भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए । विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समूहका बालबालिकाले समेत नजिकको खोप केन्द्रमा वा खोप सञ्चालन भइरहेको विद्यालयमा पुगेर खोप लगाउन सक्ने चापागाईंले बताए ।
यो अभियाानमा २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मिएका बालबालिकाले खोप लगाउन पाउनेछन्। माध्यामिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा सुरु गरिएको छ । यो खोप पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको दाबी गरिएको छ । न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया