जुम्लामा ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप
फाइल फाेटाे
जुम्ला- चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।
विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् ।
'जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ', उनले भने, 'आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ ।' मंगलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै उनले चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताए ।
प्रसाईँका अनुसार आज पनि जुम्लामा हिमपात भइरहेकाले स्थानीयवासीलाई विभिन्न चोक–चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ । हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया