भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान
फाइल तस्बिर
नयाँ दिल्ली [भारत]- भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५ लाख डोज प्रदान गरेको छ । ट्विटरमा भारत बायोटेकले "आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन (COVAXIN) को ५ लाख डोज सहितको मानवीय सहायताको अर्को शृङ्खला प्रदान गरेको छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ।" आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ ।
कोभ्याक्सिनको ५ लाख डोज रहेको मानवीय सहायताको अन्तिम ब्याच जनवरी १ मा अफगानिस्तानलाई आपूर्ति गरिएको थियो । भारतले अफगान जनतालाई खाद्यान्न, कोभिड-१९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधिहरू समावेश गरी मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध छ ।
गत महिनाको शुरुमा भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अफगानिस्तानलाई १.६ टन चिकित्सा सहायता पुर्याएको थियो । तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र यसपछि देश गहिरो आर्थिक, मानवीय र सुरक्षा संकटमा परेको छ । वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले उच्च गरिबीबाट पीडित हाल आर्थिक संकटमा फसेको छ । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया