बोत्स्वानाका राष्ट्रपति कोरोना सङ्क्रमित
गाबोरोन- बोत्स्वानाका राष्ट्रपति मोक्वीत्सी मासिसी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
“राष्ट्रपतिलाई रोग वा सङ्क्रमणको कुनै लक्षण त देखिएको छैन, तर शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमण भएको पुष्टि भएको छ,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
उनलाई अहिले चिकित्सकहरुको निगरानीमा राखिएको छ भने उहाँले पनि आवश्यक मापदण्डहरुको पालना गरेका छन् ।
राष्ट्रपति आइसोलेसनमा बसेपछि उहाँको कार्यभार हाललाई उपराष्ट्रपति स्लुम्बर सोग्वानलाई दिइएको छ । राष्ट्रपति आइसोलेसनबाट ननिस्केसम्म उपराष्ट्रपतिले नै काम गर्ने जनाइएको छ ।
अफ्रिकी मुलुक बोत्स्वानामा अहिलेसम्म दुई लाख १९ हजार ५०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार बोत्स्वानामा अहिलेसम्म कोरोनाभाइरसकै कारण दुई हजार ४४४ जनाको मृत्यु भएको छ ।
कूल जनसङ्ख्याको ४८.६ प्रतिशतले कोरोनाभाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् भने ४३ प्रतिशतले मात्रै दुवै खोप लगाएका छन् । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया