कोभिड-१९

ओमिक्रोनका लागि तयार रहन मन्त्रीको निर्देशन

इकागज |
पुस २३, २०७८ शुक्रबार २१:५० बजे

पोखरा - नेपालमा थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांकले ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको देखाउँछ । यसको फैलावट कम गर्न जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालनासँगै परीक्षण विस्तार र खोपको पहुँज बढाउनुको विकल्प नरहेको भन्दै गण्डकी प्रदेश सरकार तयारीमा लागेको छ । 


नेपालमा ओमिक्रोनको संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशले सीमानाकामा चेकजाँच कडाइ गर्ने तयारी गरेको छ । संघको स्वास्थ्य मन्त्रालयले पनि ओमीक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि ओमीक्रोन भाइरस बढ्न सक्ने आकलनसहित तयारी तीव्र पारिएको हो । 

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङसहितको बैठकले ओमीक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरुमा जाँचलाई तीव्रता दिन निर्देशन दिएकाको छ ।

बैठकमा मन्त्री अधिकारीले प्रदेशका स्वास्थ्य संरचनालाई आबश्यक अन्य तयारी गरि उपकरण, स्वास्थ्य सामाग्री,जनशक्ति व्यवस्थापन अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र  व्यवस्थापन गर्न निर्देशन दिइन् । उनले प्रदेशमा आयोजना हुने सबै किसिमको मेला महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न पनि सचिवलाई र्निदेशन दिएकी छिन् । 

मानिसको स्वास्थ्यभन्दा ठूलो अरुकुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउनसम्म पनि जान पर्ने अवस्था मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले जानकारी दिए।


Author

थप समाचार
x