कोभिड-१९

ओमिक्रोन नियन्त्रण गर्न सीसीएमसी बैठकमा छलफल तीव्र

इकागज |
पुस २५, २०७८ आइतबार १५:५३ बजे

फाइल फोटो

काठमाडौँ : कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका विषयमा छलफल तीव्र पारेको पारेको छ । 

सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले यसको नियन्त्रणका बिषयमा छलफल भएको हो ।  बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्रलाई बन्द गर्ने बिषयमा पनि छलफल भएको बताइएको छ ।


कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले बिद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ । नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढेपछि यसको रोकथामको चुनौति बढेको छ ।


Author

थप समाचार
x