सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटीभ, यो साता आइसोलेसनमै बस्ने
काठमाडौँ– सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड–१९ परिक्षण रिपोर्ट नेगेटीभ आएको छ । बिहीबार र शुक्रबार सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समितिको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कन्ट्याक्ट ट्रेसिङ्गमा परेपछि उनी शनिबारदेखि नै आइसोलेसनमा बसेका छन् । दाहालको सचिवालयले शनिबार उनलाई कोभिड रहेको पुष्टी गरेको थियो ।
शनिबारदेखि आइसोलेसनमा रहेका कार्कीले आज कोरोना परिक्षण गराएका थिए । मन्त्री कार्कीले परीक्षण रिपोर्ट नेगेटीभ आएको र तथापि जोखिममा ‘एक्स्पोज’ भएका कारण यो साताभर आइसोलेसनमा बस्ने बताएका छन् । कार्की परिवारमा आमा र श्रीमतिसँग बस्छन् ।
परिवार र कार्यस्थलको सुरक्षाका लागि यो साता आइसोलेसन बसेर दोस्रो पटक परीक्षण गराउने उनले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया