कोभिड-१९

कतिले लगाए नेपालमा कोभिडविरुद्धको खोप ?

इकागज |
पुस २८, २०७८ बुधबार १४:२२ बजे

काठमाडौं– भारतमा कोभिड–१९ को नयाँ भेरियण्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ। पछिल्लोसमय नेपालमा पनि संक्रमित बढिरहेको अवस्थामा नेपाल सरकारले कोभिड–१९ रोकथामका लागि खोपको मात्रा बढाएको छ ।

समुदायमा संक्रमण रोक्नका लागि स्वास्थ्य मापदण्डका नयाँ नियम सरकारले लागू गरेको हो । योसँगै हरेक स्थानीय तहमा कोभिडविरुद्धको खोप लगाउनेको संख्यासमेत बढिरहेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा भएको जनसंख्या मध्ये ५०.२ प्रतिशतले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । यो संख्या पहिलो डोज लगाउनेको संख्या हो।

तथ्यांकअनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका हुन्। नेपालमा खोप अभियान सुरू गर्दा १८ वर्षमाथिका नागरिकलाई लगाइएको थियो । सरकारले यो उमेर समूहलाई लक्षित जनसंख्यामा राखेको हो। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ।

तथ्यांकअनुसार १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। यो तथ्यांकले १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले कोभिडविरुद्धको पहिलो डोज लगाइसकेको देखिन्छ ।

१८ वर्ष माथिका ६० प्रतिशतले भने खोपको पूरा डोज लगाएको मन्त्रालयको तथ्यांक छ। नेपालमा हालसम्म ३ करोड ९२ लाखभन्दा बढी डोज खोप भित्रिएको छ ।


Author

थप समाचार
x