कोभिड-१९

एमाले अर्घाखाँचीका नेता आचार्यलाई काेभिड संक्रमण

इकागज |
पुस २८, २०७८ बुधबार २१:४० बजे

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका जिल्ला सहइन्चार्ज तथा पूर्व मन्त्री चेतनारायण आचार्यलाई काेभिड संक्रमण भएको छ ।

कोभिडसँग मिल्दोजुल्दो समस्या देखिएपछि गरिएको परीक्षणमा आचार्यलाई कोभिड संक्रमण देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


आचार्यमा कोरोना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । 

नेता आचार्य पछिल्लो समय जिल्ला अधिवेशन लगायतका राजनीतिक कार्यक्रममा व्यस्त रहेका थिए ।

एमालेको जिल्ला अधिवेशनलाई सर्वसम्मत बनाउन सक्रिय बनेका आचार्यमा संक्रमण देखिएपछि अन्य नेता कार्यकर्ता पनि कन्ट्रयाक ट्रेसिङमा परेका छन् । यस अघि माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भई फर्किएकी माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी लगायतमा पनि कोभिड संक्रमण देखिएको थियो ।
 


Author

थप समाचार
x