कोभिड-१९

दिक्तेल रुपाकोट मझुवागढीमा तीन जनालाई कोरोना पुष्टि

इकागज |
पुस ३०, २०७८ शुक्रबार १७:३० बजे

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 


कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सचेत रहेर ‘आफू बच्न र अरूलाई बचाउन’का लागि आग्रह गरेको छ । 

कोभिड–१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा केही दिन यता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको छ ।


Author

थप समाचार
x