काठमाडौं उपत्यकामा आज ३३४७ जनामा काेभिड संक्रमण
काठमाडाैँ – काठमाडौं उपत्यकामा आज ३३४७ जनामा काेभिड संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार उपत्यकामा मात्रै थप ३३४७ जनामा काेभिड पुष्टि भएको जानकारी दिए।
त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४९६१ जनामा संक्रमण पुष्टि भएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया