कर्मचारीमा काेभिड संक्रमण भएपछि रोङ गाउँपालिकाको सेवा बन्द
फाइल फाेटाे
इलाम- इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोभिडको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ ।
गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत नौ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अन्य तीन स्थानीयमा समेत संक्रमण पुष्टि भएपछि शुक्रबारसम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया