कोभिड-१९

कांग्रेस महामन्त्री शर्मासहित परिवार नै काेभिड संक्रमित

इकागज |
माघ ५, २०७८ बुधबार १२:३४ बजे

फाइल फाेटाे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोभिड संक्रमण भएको छ । उनको परिवारलाई नै कोभिड संक्रमण भएको हो । कोभिड लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए । 

आठ महिना अघि पनि शर्माको परिवार नै कोभिड संक्रमित भएकाे थियो ।   शर्माले ट्विट गर्दै ८ महिनापछि फेरि सपरिवार संक्रमित भएको जानकारी दिएका छन् ।


 उनले लेखेका छन्, '८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR,आज सबैको रिपोर्ट-Positive l चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन l एकसातामा फर्किन्छु काममा l सम्पर्क असुविधामा क्षमा चाहन्छु !'

 


Author

थप समाचार
x