१२ हजार ३३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि
काठमाडौं–पछिल्लो २४ घण्टामा देशभर १२ हजारमा ३३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयकाअनुसार २७ हजार ४८७ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यस्तै पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय सङ्क्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । यही अवधिमा थप ६४९ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया