कोभिड-१९

जनप्रतिनिधि र कर्मचारीमा कोभिड देखिएपछि नगरपालिकाको सेवा बन्द

इकागज |
माघ ७, २०७८ शुक्रबार ९:३५ बजे

लमजुङ- जनप्रतिनिधि र कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसिङमा परेका अन्य कर्मचारीहरुको पीसीआर रिपोर्ट नआउँदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो ।


कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले बिहीबार देखि आगामी १२ गते सम्मका लागि नगरपालिका र मातहतका सवै वडा कार्यालयबाट उपलब्ध सेवा प्रवाह बन्द गराएको हो । मध्येनपाल नगरपालिकामा नगरप्रमुख सहित केही कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टि भएको छ । नगरप्रमूख रमेशकुमार पाण्डेले केही दिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत आँफूलाई कोभिड संक्रमण भएको भन्दै आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्क रहन आग्रह गरेका थिए ।

पछिल्लो तीन दिनमा मात्रै पालिका भित्र २५ जना भन्दा बढीमा कोभिड संक्रमण पुष्टि भएको मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमूख सुर्यप्रसाद पौडेलले जानकारी दिए ।  यसैबीच मध्यनेपाल नगरपालिकाले कोभिड विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिएको छ । 
 


Author

थप समाचार
x