कोभिड-१९

आजदेखि अग्रपंक्तिमा खटिने कर्मचारीको हप्तामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने

इकागज |
माघ ७, २०७८ शुक्रबार १२:२ बजे

फाइल फाेटाे

काठमाडौँ- काठमाडौँ उपत्यकामा सबै प्रकारको व्यसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्काे आदेश जारी नभएसम्म लागु हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।


योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । 


Author

थप समाचार
x