कोभिड-१९

काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

इकागज |
माघ १०, २०७८ सोमबार १०:५९ बजे

काभ्रे - मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोभिड संक्रमण देखिएपछि कार्यालयको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ । 

कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने  जनाइएको छ । कोभिडको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् । 


संक्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भिडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ ।

 स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्ममा एक हजार ३०३ जना संक्रमित भएका छन् । रासस


Author

थप समाचार
x