विश्व स्वास्थ्य संगठन नेपालको प्रष्टिकरण
'ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता छैन'
काठमाडाैँ – नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नरहेकाे जनाएकाे छ ।केहि दिनअघि नेपाली सञ्चार माध्यममा ओमिक्रोनलाई जाेडेर आएकाे समाचारमा कुनै सत्यता नरहेकाे नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले जनाएकाे हाे ।
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालिन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले ओमिक्रोनको भाइरसको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने बताए ।
खोप नलगाएका तथा खोप लगाएका वा दीर्घ रोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहेकाे जानकारी दिए । उनले भने, 'भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने तथा संक्रामक हुने सम्भावना रहन्छ।'
अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिने तर्फ सबै सजग हुनुपर्ने बताए। डा. आलिसान गोकोतानोले भाइरसको संक्रमणलाई रोक्न र धेरैमा फैलन नदिन खोपले महत्वपूर्ण भुमिका खेल्ने भएकोले सबैले खोप लगाउनुपर्ने बताए। खोप लगाएका व्यक्तिमा ओमिक्रोनको संक्रमणको असर पनि कम देखिएकोले सबैलाई खोप लगाउन उनले आग्रह गरे।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया