ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने
काठमाडौँ - ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
`६० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (बुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण बाध्यतावश बुस्टर डोजको रुपमा भेरोसेल खोप लगाउने कार्यकम हाललाई स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाईने व्यहोरा जानकारीका लागी अनुरोध छ` महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया