कोभिड-१९

प्रदेश नं १ मा ३९७ जना सङ्क्रमित थपिए

इकागज |
माघ १५, २०७८ शनिबार २०:५३ बजे

विराटनगर – प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३९४ जनाको पिसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा पाँच–पाँच, उदयपुर, सङ्खुवासभा र पाँचथरमा एक–एक  र प्रदेश  बाहिरका सात जनामा सङ्क्रमण देखिएको हो ।


मोरङको विराटनगरमा ६५, बुढीगङ्गामा पाँच, सुन्दरहरैचामा तीन, ग्रामथानमा दुई, पथरीशनिश्चरे, रङ्गेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका एक–एक, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा तीन, दुहवी र बराहक्षेत्रमा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, झापाको कमल गाउँपालिकामा एक र स्थानीय तह नखुलेका चार, सङ्खुवासभा, पाँचथर र उदयपुरको बेलकामा  एक र प्रदेश  बाहिरका सात जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज ४०२ महिलासहित ९०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ६५७ रहेको जनाएको छ ।


Author

थप समाचार
x