कोभिड-१९

हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

इकागज |
माघ १७, २०७८ सोमबार १३:५१ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले हराएको २४ लाख कोभिडविरुद्धको खोपको खोजीका लागि छानबिन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा सरकारले पाँच सदस्यीय समिति गठन गरेको हो । 

समितिले दुई हप्तामा प्रतिवेदन दिने बताइएको छ ।  समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् । 


समितिलाई खोप अभिलेख विवरण अध्यावधिक गर्ने अख्तियारी दिइएको छ । कोभिड महामारीमा ल्याइएकामध्ये  २४ लाखको हिसाकिताब नभएको मन्त्रालयले जनाएको थियो । 


Author

थप समाचार
x