आज देशभर थपिए ५ हजार २ सय ९२ जना काेभिड संक्रमित
काठमाडाैँ – नेपालमा थप ५ हजार २ सय ९२ जनामा काेभिड संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ३ सय ६८ पिसिआर परिक्षणका क्रममा ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ८२ हजार ६ सय ६८ पुगेको छ ।
त्यस्तै काेभिडका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ४३ जनाको काेभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ८ हजार १ सय ९१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ६२ हजार ८ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ७९ हजार २ सय ७२ सक्रिय संक्रमित आइसाेलेसन र १ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया