नौ जनाको कोभिडका कारण मृत्यु, ५५ सय नयाँ संक्रमित
फाइल फाेटाे
काठमाडौँ - नेपालमा गत २४ घण्टामा नौ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याकंअनुसार ५ हजार ५८३ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
१७ हजार ६७४ जनामा पीसीआरबाट १० हजार ७७६ र एन्टिजेनबाट ६ हजार ८९८ जनाको परीक्षण गरिएको थियो ।
आज ८ हजार २६७ जना कोभिड संक्रमणमुक्त भएका छन् । हाल देशभर ७४ हजार ६५३ जना संक्रिय संक्रमित रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया