कोभिड-१९

स्वीडेनमा लगाइएका कोरोना सम्बन्धी सवै प्रतिबन्ध हटाइने

इकागज |
माघ २१, २०७८ शुक्रबार ६:२० बजे

स्टकहोम- कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि स्वीडेनमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ । 

अरु युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिए ।  


'देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,' उनले भने । 

उनका अनुसार यही फेब्रअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो । (एपी)


Author

थप समाचार
x