आज देशभर २४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २४०१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने ७,७७७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्। मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया