नागरिकको स्वास्थ्यमाथि खेलबाड
सरकारको लापरबाहीले ५६ हजार डाेज कोभिड खोप नष्ट
खोप कार्यक्रममा तीन तहको सरकारबीच समन्वय अभाव
फाइल तस्बिर
काठमाडौँ- कोभिड-१९ विरुद्धको हराएको खोप खोजी गर्न बनेको छानबिन समितिले ५६ हजार ९०८ डोज मात्रा खेर गएको निष्कर्ष निकालेको छ । सबैभन्दा बढी १९ हजार ४९ डोज कोभिशिल्ड र अस्ट्राजेनिका, भेरोसले ७ हजार २३, जोनसन ५ हजार १९५, मोर्डना २५ हजार ५६२ र फाइजर ७९ डोज खेर गएको हो ।
प्रतिवेदनकाअनुसार खोप भण्डारण गर्ने स्थान नभएकाले खोप खेर गएको हो । खोपको मौज्दात धेरै रहेको छ । खोप कार्यक्रममा तीन तहको सरकार बीचको समन्वय अभाव भएकाले संघीय प्रणालीमा स्वास्थ्य क्षेत्रको संरचनालाई पुनरावलोकन गर्नुपर्नेछ ।
विभिन्न जिल्लामा गरेर ३० हजार ९४७ खोप खेर गएको हो । त्यसैगरी स्थानीय तहमा २५ हजार ९६१ मात्रा नस्ट भएको हो । समितिले खोप अभियान कार्यक्रममा लापरबाही समेत भएको प्रस्ट पारेको छ । बुस्टर खोप अभियान सुरु नभइ पहिलो मात्रा भनी लगाएको छानबिन समितिले प्रस्ट पारेको छ ।
अभियानमा लक्षित समूह बाहेकका व्यक्तिले समेत खोप लगाएका छन् । समितिकाअनुसार खोप निशुल्क पाइए पनि केहीले पैसा तिरेर समेत लगाएका छन् । त्यसैगरी काठमाडौँका दुई स्थानीय तह चन्द्रागीरी र तारकेश्वरमा लगाइएको खोप तथ्यांक अहिलेसम्म समावेश हुन भएको छैन ।
मंगलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्यतथ्य छानबिन गरेर कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न पनि सुझाव दिएको छ ।
खोप हराएका कुराहरू सार्वजनिक भएपछि छानबिन तथा खोजी गर्न माघ १६ गते डा. गुणराज लोहनीको संयोजकत्त्वमा छानबिन समिति बनेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया