कोभिडका कारण ६ को मृत्यु, ५७० संक्रमित थपिए
फाइल फाेटाे
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोभिडको नयाँ संक्रमित थपिएको जनाएको छ ।
पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोभिड परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो
कोभिड संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा एक हजार ९९३ जना कोभिड संक्रमित निको भएका छन् ।
हाल देशमा सक्रिय कोभिड संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया