कोभिड-१९

नेपालले दियो कोभिड खोप ‘कोभिसिल्ड’लाई अनुमति

इकागज |
माघ २, २०७७ शुक्रबार १६:१ बजे

काठमाडौं : नेपालमा कोभिड-१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले शुक्रबार ‘कोभिसिल्ड’ खोप लाई अनुमति दिएको छ । माघ २ गते को विभागीय निर्णय गर्दै भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका गर्न सशर्त अनुमति प्रदान गरेको हो ।

बढ्‌दो कोभिड-१९ को महामारी रोकथामको लागि भारतले पुस २१ गते दुई खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले आकस्मिक प्रयोजन लागि स्वीकृत गरेको थियो । 



 


Author

थप समाचार
x