कोभिडले पत्रकार चौलागाईँको निधन
काभ्रे : पत्रकार विष्णुप्रसाद चौलागाईँको कोभिड-१९ का कारण निधन भएको छ । शुक्रबार बिहान ५१ वर्षीय चौलागाईंको निधन भएको हो ।
असोज २६ गते कोभिड पुष्टि भएका उनलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।ब्रोनक्राइटिस पीडित उनी काभ्रे पोस्टका प्रधान सम्पादक हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया