कोभिड-१९

१२२ कैदीबन्दीले लगाए काेभिड-१९ विरुद्वकाे खोप

इकागज |
माघ २३, २०७७ शुक्रबार १९:४१ बजे

फाइल तस्बिर

काठमाडौँ  : जिल्ला कारागार सल्यानमा रहेका १२२ कैदीबन्दीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा कारागारभित्र रहेका कैदी बन्दीहलाई शुक्रबार कोभिडविरुद्धको खोप लगाइएको हो ।

कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलवहादुर केसीले जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले खोप दिइएको उनको भनाइ छ ।


कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि नियमित स्वास्थ्य जाँचसमेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगारभित्रै कोरोनाको खोप लगाउन पाउँदा खुशी व्यक्त गरेका छन् । हाल कारागारमा १२२ पुरुष, २५ महिला र सात नाबालक गरी जम्मा १५४ कैदीबन्दी बस्दै आएका छन् । रासस


Author

थप समाचार
x