कोभिड-१९

नेपालमा एक लाख ७१ हजारले लगाए कोभिड-१९ विरुद्धको खोप

इकागज |
माघ २३, २०७७ शुक्रबार २०:५५ बजे

फाइल तस्बिर

काठमाडौँ :  कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।  

उनका अनुसार प्रदेश १ मा २३ हजार ८२ जना, प्रदेश  २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्‍चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ ।


माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।  


Author

थप समाचार
x