कोभिड-१९

सुदूरपश्चिममा १५ हजारले लगाए काभिडविरुद्धको खोप

नवराज पनेरु |
माघ २५, २०७७ आइतबार ७:५२ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोभिड-१९विरुद्धको खोप अभियान सकिएको छ । पहिलो चरणमा सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप उपलब्ध भएकोमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वयमसेविका, एम्बुलेन्स र शव बाहन चालक, बृद्धाश्रममा बस्‍ने व्यक्ति, कैदीबन्दी र सुरक्षाकर्मी गरी झण्डै १५ हजार व्यक्तिलाई खोप लगाइएको छ । 

प्रदेशभर १३ खोप केन्द्रमार्फत खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए । पहिलो चरणको पहिलो खोप अभियान सकिएसँगै दोस्रो चरणको खोप अभियानका लागि तथ्यांक संकलन सुरु भएको उनले बताए । 


प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी, यातायातकर्मी, भिडभाड हुने कार्यालयका कर्मचारीलाई दोस्रो चरणमा खोप लगाउने तयारी रहेको कार्कीले बताए । 
 


Author

थप समाचार
x