कोभिड-१९

कोभिड-१९ कारण थप तीन जनाको मृत्यु

इकागज |
फागुन ६, २०७७ बिहीबार १५:५७ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपालमा बिहीबार थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप १११ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६९ हजार ५०५ जनाले कोरोना जितेका छन् । नेपालमा हाल १६ सय ३ जना आइसोलेसन र ७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ३१ हजार ३३० पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x