कोभिड-१९

थपिए ८८ कोभिड-१९ स‌क्रमित

इकागज |
फागुन ८, २०७७ शनिबार १६:३३ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकरभर थप ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म नेपालमा २ लाख ६९ हजार ७५५ जनाको कोभिड जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


अहिले नेपालमा १ हजार ५ सय ३५ जना आइसोलेसन र ७१ जना क्‍वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३६ हजार ३०९ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x