कोभिड-१९

थप ८० जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
फागुन ९, २०७७ आइतबार १८:११ बजे

फाइल तस्बिर

काठमाडौँ : आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले  थप ८० जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिए । थपिएका कोरोना संक्रमितमध्ये  काठमाडौं उपत्यकाका ४९ जना  रहेका छन् । त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना रहेको उनले जानकारी दिए । 

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४५१ पुगेका छन् ।  त्यस्तै थप १२१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ८७६ जनाले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १४ सय ९४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ३९ हजार ६३४ वटा पिसिआर जाँच रिएको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x