कोभिड-१९

थपिए ११० कोभिड-१९ संक्रमित

इकागज |
फागुन ११, २०७७ मंगलबार १६:३८ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ११० जनामा कोभिड-१० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । 

त्यस्तै कोभिडका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोभिडका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई हजार ६५ जना पुगेको छ । 


नेपालमा थप १०२ जना कोभिडमुक्त हुँदा हालसम्म २ लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल १५ सय ३३ जना आइसोलेसनमा छन् भने ६५ जना क्‍वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४६ हजार ५३३ वटा पीसीआर गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x