कोभिड-१९

प्रधान सेनापतिले लगाए कोभिड-१९ विरुद्धको खोप

इकागज |
फागुन १७, २०७७ सोमबार १३:४४ बजे

काठमाडौं : प्रधान सेनापति महारथी पुर्णचन्द्र थापाले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लिएका छन् । थापाले सोमबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा खोप लगाएका हुन् । 

भारतले अनुदानमा दिएको १० लाख डोज खोप फ्रन्टलाइनरलाई माघ १४ गतेबाट पहिलो चरणमा दिन थालिएको थियो ।


फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ । दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइनेछ । यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइनेछ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय, बेलायतकै खोप निर्माण कम्पनी एष्ट्रजेनिका र भारतको सेरम कम्पनीले बनाएको ‘कोभिशिल्ड’ खोप सरकारले भारतबाट ल्याएको थियो ।


Author

थप समाचार
x