कोभिड-१९

बुधबार सांसदहरुलाई कोरोनाविरुद्ध खोप लगाइने

इकागज |
फागुन १७, २०७७ सोमबार १६:५ बजे

काठमाडौँ  :  बुधबार संघीय संसदका सदस्यहरुले कोभिड-१९ विरुद्धको खोप लगाउने भएका छन् । संघीय संसद् सचिवालयले जारी गरेको सूचना अनुसार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सबै सांसदहरु, कर्मचारीहरु, मर्यादापालक तथा अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरका सबै कर्मचारीहरुलाई आगामी बुधबारदेखि कोभिड-१९ विरुद्ध खोप लगाइने छ । फागुन २३ गते संसद् अधिवेशन आह्वान भएको त्यसकै तयारीको लागि संसद् सचिवालयले खाेप लगाउने व्यवस्था गरेको जनाएको छ । 



Author

थप समाचार
x