थप १ सय १२ मा संक्रमण पुष्टि
फाइल तस्बिर
काठमाडौँ - नेपालमा थप १ सय १२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ८ सय १ पीसीआर परिक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टिजेन परिक्षणका क्रममा ३५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिडका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया