कोभिड-१९

थप ५१ जनामा कोभिड संक्रमण

इकागज |
चैत ४, २०७८ शुक्रबार १६:५७ बजे

फाइल फोटो

काठमाडौँ - आज थप ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोभिड परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या तीन हजार ९९६ रहेको छ । पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार १७३ पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दाबढी संक्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके छन् ।

 मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्लामा कोही पनि कोरोनाबाट संक्रमित छैनन् । नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत छ । 

हाल होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६९, आइसियुमा २७ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । 

विगत २४ घण्टामा देशभर २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x