थप ४५ मा कोभिड संक्रमण
फाइल फोटो
काठमाडौँ - साढे चार हजार परीक्षण गर्दा आज ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वुलेटिनका अनुसार आज चार हजार ७५२ जनामा कोभिड परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १३५ जना रहेका छन् । पछिल्लो समय १४७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६३ हजार १११ पुगेको छ । यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।
मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके रहेका छन् । शून्य सङ्क्रमित भएको चार मात्र जिल्ला मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला रहेको छ । नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत रहेको छ ।
त्यस्तै, हाल होम आइसोलेशनमा तीन हजार ७९, संस्थागत आइसोलेशनमा ५६, आइसियुमा २२ र भेन्टिलेटरमा पाँच जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५९ हजार ३७८ जनाले कोभिड भाइरसविरुद्धको खोप लगाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया