कोभिड-१९

नेपालमा थप ३८ जनामा काेभिड पुष्टि

इकागज |
चैत ९, २०७८ बुधबार १७:२ बजे

काठमाडाैँ – नेपालमा थप ३८ जनामा काेभिड–१९ पुष्टि भएको छ । 

देशभर गरिएको ३ हजार ८ सय ५५ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा काेभिड पुष्टि भएको छ ।


त्यस्तै बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप २ हजार ६९ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ८ सय ६१ जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 


Author

थप समाचार
x