क्रिकेट

युगाण्डाविरुद्ध फेरि चलेन नेपालको ब्याटिङ

इकागज |
जेठ ३, २०७९ मंगलबार १४:४८ बजे

काठमाडौँ –युगाण्डाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पनि नेपाली महिला ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १ रन मात्र जोड्न सक्यो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रनको योगदान गरिन् ।

सरिता मगरले २२ रन जोडिन् । कप्तान रुविना क्षेत्रीले १७ र डोली भट्टले ९ रन बनाइन् । सिता रानामगरले ६, इन्दु बर्माले ५ तथा अप्सरी बेगमले ३ रन बनाए ।


युगाण्डाका लागि जानेट मबाबाजीले २ विकेट हात पारिन् । इभलीन एनीपो, कोन्सी अवेका र रिता मुसामालीले एक-एक विकेट लिए ।

यस अघि पहिलो खेलमा सोमबार पाहुना टोली युगाण्डाले नेपाललाई १२ रनले पराजित गर्दा नेपालको ब्याटिङ राम्रो हुन सकेन् ।


Author

थप समाचार
x