रोमाञ्चक खेलमा युगाण्डाविरुद्ध नेपाल पराजित
काठमाडौँ – युगाण्डाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पनि नेपाली महिला टिम पराजित भएको छ । युगाण्डाले नेपाललाई १ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
दोस्रो खेलमा जितका लागि चाहिएको १ सय २ रनको लक्ष्य युगाण्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । युगाण्डालाई जित दिलाउन रिता मुसामालीले सर्वाधिक ३० रनको योगदान गरिन् । जानेट मबाबाजीले १६ रन जोडिन् । फ्रान्कलिन नाजुम्बाले १९ रन बनाइन् ।
युगाण्डालाई अन्तिम दुई ओभरमा १० रन चाहिएको अवस्थामा उसले ४ विकेट गुमाएको थियो । तर कोन्सी अवेको (२) र साराह अकिटेङ (३) ले युगाण्डाको जित सुनिश्चित गरे ।
नेपालका लागि कविता कुँवर र सवनम राईले समान २-२ विकेट हात पारे । कप्तान रुविना क्षेत्री र सिता राना मगर १-१ विकेट लिए ।
यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १ रन मात्र जोड्न सक्यो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रनको योगदान गरिन् ।
सरिता मगरले २२ रन जोडिन् । कप्तान रुविना क्षेत्रीले १७ र डोली भट्टले ९ रन बनाइन् । सिता रानामगरले ६, इन्दु बर्माले ५ तथा अप्सरी बेगमले ३ रन बनाए ।
युगाण्डाका लागि जानेट मबाबाजीले २ विकेट हात पारिन् । इभलीन एनीपो, कोन्सी अवेका र रिता मुसामालीले एक-एक विकेट लिए ।
यस अघि पहिलो खेलमा सोमबार पाहुना टोली युगाण्डाले नेपाललाई १२ रनले पराजित गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया