के बटलर र पाण्डयाबीचको भिडन्त हुन सक्छ आईपीएल फाइनल ?
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच आज राति फाइनल खेल हुँदैछ । फाइनल नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा नेपाली समय अनुसार राति ८.१५ बजे सुरु हुनेछ ।
यी दुई टिमबीचको फाइनल सम्भवत विश्वकपको फाइनल वा भारत-पाकिस्तानबीचको खेलझै सर्वाधिक चर्चित र ठूलो हुने क्रिकइन्फोले जनाएको छ ।
सहभागिता जनाएको पहिलो अवसरमै फाइनल पुगेको गुजरातले पहिलो पटक घरेलु समर्थकमाझ अहमदाबादमा खेल्दैछ । अर्कोतर्फ राजस्थानले दोस्रो पटक फाइनल खेल्दैछ । पहिलो सहभागितामै फाइनल पुगेको गुजरातका लागि फाइनल विशेष भएपनि राजस्थानका लागि झन विशेष बनेको छ ।
सन् २००८ मा उपाधि दिलाएका राजस्थानका प्रथम कप्तान शेन वार्नप्रति उत्तम श्रद्धांजलि अर्पण गर्न फाइनल एक माध्यम बन्नेछ । वार्न यसै वर्ष निधन भएको हो ।
अर्कोतर्फ दुई युवा कप्तानबीचको भिड्न्तपनि हेर्न लायक हुनेछ । राजस्थानका कप्तान सन्जु सामसनले आक्रामक्ताको प्रदर्शन गर्दा गुजरातका कप्तान तथा अलराउण्डर हार्दिक पाण्डयाले टिमका लागि भन्दै ब्याटबाट पनि जिम्मेवारी पुरा गरिरहेका छन् ।
राजस्थानसँग उत्कृष्ट स्पिनरहरु रविचन्द्रन आश्विन र युजवेन्द्र चहल हुँदा गुजराजसँग ग्लोवल सुपर स्टार रासिद खान छन् ।
तर यो भन्दा पनि राजस्थानका ब्याट्सम्यान जोस बटलर र हार्दिक पाण्डयाबीचको भिडन्त हेर्न लायक हुनेछ । त्यसबाहेक गुजरातका कुनै पनि बलरले बटलरलाई आउट पार्न सकेका छैनन र उनले अघिल्ला दुबै खेलमा अर्धशतक पुरा गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया