क्रिकेट

पूर्व राष्ट्रिय क्रिकेटरको क्लबसँग नेपाली टोली पराजित

इकागज |
जेठ २०, २०७९ शुक्रबार १०:१६ बजे

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा पराजित भएको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार राति भएको खेलमा पूर्व नेपाली खेलाडीसम्मिलित नेपाली अल स्टार्स क्लबसँग नेपाली टोली ४ विकेटले पराजित भएको हो । 

जितका लागि चाहिएको १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । अल स्टार्सको जितमा विपुल शर्माले ५० रन जोड्दा एन्ड्रिज गौसले ४५ रन तथा गौरभ बजाजले ४० रनको योगदान गरे । 


नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेटपनि जितका लागि पर्याप्त भएन ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट भएर १ सय ९० रन मात्र जोड्न सक्यो । आरिफ शेखले अविजित ६० रनको योगदान गर्दा विनोद भण्डारीले २६ रन तथा करण केसीले २१ रन बनाए । अल स्टार्सका मार्टिन कैनले ३ विकेट लिए । मोहम्मद इलायस र आदिल भाटीले समान दुई-दुई विकेट हात पारे । 

अब नेपालले दोस्रो अभ्यास खेल ह्युस्टन हरिकेन्सविरुद्ध शनिबार खेल्ने तालिका रहेको छ । 
 


Author

थप समाचार
x